Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


भूकम्प गएको २९ महिनासम्म पुनर्निर्माण भएन दरवार (भिडियाे रिपोर्ट)


0
Shares

बीडि आचार्य, जाजरकोट ।

नेपालका एक सय पर्यटकीय गन्तव्यको सूचीमा परेको जाजरकोट दरबार पुनर्निर्माणका लागि सरकारले बेवास्ता गरेको छ ।

२०८० सालको कात्तिकमा गएको भूकम्पबाट क्षतिग्रस्त भएको दरबारको पुनर्निर्माण साढे दुई वर्षसम्म अलपत्र अवस्थामा रहेको हो ।

२०८० कात्तिक १७ गते राती जाजरकोटको बारेकोट गाउँपालिकाको रामिडाँडा केन्द्र भएर गएको भूकम्पले क्षतिग्रस्त दरवार पुनर्निर्माणमा सरकारले चासो देखाएको छैन । यहाँ रहेका दरातो र सेतो गरि दुवै दरवार भूकम्पले क्षतिग्रस्त छन् । भूकम्पले क्षतिग्रस्त दरवारका संरचना बर्षा याममा पानीले छियाछिया बनाएको छ ।

नेपालका सय पर्यटकीय गन्तव्यको सुचीमा रहेको सेतो दरबार ढल्ने अवस्थामा पुगेको छ । जाजरकोटी राजा ईन्द्रनारायण शाहका फालामा विव्रम सम्वत १८५२ मा निर्माण गरिएको सेतो दरवार भन्दा अघि पश्चिमतफर्m रातो दरवार विव्रम सम्वत १८०० देखि १८११ सालमा निर्माण गरिएको पाईन्छ ।

भूकम्पले ध्वस्त पारेपछि सरकार, पुरात्तत्व विभागले समयमा निर्माण फ्रव्रिया अघि नबढाउदाँ दरवारको छेउमा जान समेत डराउनु पर्ने अवस्था छ । गैरसरकारी संस्था महासंघ जाजरकोटका अधयक्ष अध्यक्ष सहदेव बस्नेतले राष्ट्रिय सम्पदाको रुपमा रहेका दरवार पुनर्निर्माणमा सरकार गम्भीर नहुदाँ जीर्ण बनेको बताउनुहुन्छ ।