Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


दलहरुलाई संसदीय दलको कार्यालय व्यवस्थापन


234
Shares

काठमाडौं ।
संघीय संसद सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुका लागि सिट संख्याका आधारमा संसदीय दल कार्यालय व्यवस्थापन गरेको छ ।

सिंहदरबारमा नयाँ संसद भवन निर्माणकार्य सम्पन्न नभएकाले हालकै संसद सचिवालय परिसरमा रहेको संरचनामा नै दलको कार्यालय व्यवस्थापन गरिएको हो ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सीट संख्या फेरबदल भएसँगै त्यही अनुसार दलको कार्यालय व्यवस्था गरिएको संघीय संसदका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो ।

संसद सचिवालयले कांग्रेस र एमालेलाई साबिककै संसदीय दलको कार्यालयमा व्यवस्थापन गरेको छ भने यसअघि नेकपाले प्रयोग गर्दै आएको दलको कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई उपलव्ध गराइएको छ ।

त्यस्तै यसअघि रास्वपाले प्रयोग गर्दै आएको कार्यालयमा नेकपा, श्रम संस्कृति र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई व्यवस्थापन गरिएको प्रवक्ता गिरीले बताउनुभयो ।

संघीय संसद प्रवक्ता एकराम गिरीले अहिले अल्पकालीन व्यवस्थापन गरिएको नयाँ भवन निर्माण सम्पन्न भएपछि त्यहिँबाट संसद र संसदीय गतिविधि हुने जानकारी दिनुभयो ।

प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सदस्यहरुको पद तथा गोपनियताको सपथ भने नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा हुने संसद सचिवालयले जनाएको छ ।