काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का पूर्वअध्यक्ष शेखर गोल्छाले आगामी अध्यक्ष अञ्जन श्रेष्ठको कार्यकाल महासंघका लागि अभूतपूर्व हुने विश्वास व्यक्त गर्नुभएको छ ।
उम्मेदवारी घोषणा कार्यक्रमलाई सोमवार सम्बोधन गर्दै गोल्छाले श्रेष्ठ एक प्रभावशाली र शाहसी उद्यमी भएको बताउनु भयो । गोल्छाले महासंघमा नेतृत्व परिवर्तनको नयाँ परिपाटी शुरु हुन लागेको सन्दर्भमा अब आउने नेतृत्वलाई बलियो बनाउनु सबैको जिम्मेवारी भएको उल्लेख गर्नुभयो । उहाँले अध्यक्षलाई सफल बनाउन उहाँले चाहेको सहयात्रीहरु (टिम) हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘अञ्जन जी एकदमै प्रभावशाली व्यक्तित्व हुनुहुन्छ । एउटा डेयरिङ्ग उद्योगी व्यवसायी हुनुहुन्छ । उहाँले नयाँ नयाँ क्षेत्रमा प्रवेश गरेर आफूलाई सफल व्यवसायीको रुपमा प्रस्तुत गर्नुभएको छ। उहाँको कार्यकाल महासंघका लागि अभूतपूर्व हुनेछ । नयाँ सरकार बन्दा प्रधानमन्त्रीले आफूले रोजेका मन्त्रीहरु पाएपछि मात्र कार्यकाल सफल हुन्छ । त्यस्तै, अञ्जन जीलाई सफल अध्यक्ष बनाउन उहाँले चाहनुभएको टिमलाई जिताएर ल्याउन म सबैलाई आग्रह गर्दछु ।’
गोल्छाले लामो समयपछि देशभरका उद्योगी व्यवसायी साथीहरुसँग प्रत्यक्ष संवाद गर्न पाउँदा खुशी लागेको समेत बताउनु भयो ।








प्रतिक्रिया दिनुहोस्