Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


निजी क्षेत्रको एकताका लागि सर्वसम्मत नेतृत्व चयन गर्न अध्यक्ष ढकालको आह्वान


143
Shares

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गर्नुभएको छ ।

महासंघको निर्वाचनको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा बोल्दै उहाँले निर्वाचनमा हुने प्यानलगत विभाजनले निजी क्षेत्र कमजोर हुने भन्दै समझदारीमा जोड दिनुभएको हो । अहिले देशमा दुई तिहाइको स्थायी सरकार बन्ने प्रक्रियामा रहेको र यस्तो बेला निजी क्षेत्र एकढिक्का हुनुपर्ने बताउनुभयो ।

उहाँले एक ढिक्का भएर आवाज उठाए मात्रै सरकारले सुन्ने उहाँको भनाइ छ । आफ्नो विगतको निर्वाचन अनुभव सुनाउँदै उहाँले भोट दिन्छु भन्ने सबैले भोट नहाल्ने यथार्थलाई बुझ्न उम्मेदवारहरूलाई आग्रह गर्नुभयो । विधानले पदहरू समेत बढाएकाले इगो त्यागेर पदाधिकारी तहमा सर्वसम्मत नेतृत्व चयन गर्न उहाँले वरिष्ठ उपाध्यक्ष र अन्य उम्मेदवारहरूलाई सुझाव दिनुभयो । निजी क्षेत्रको एउटै बलियो आवाजका लागि एकताको विकल्प नभएको उहाँको निष्कर्ष छ ।

उहाँले भन्नुभयो, ‘पूर्व अध्यक्षज्यूहरु सबैजनाको यो उद्योग वाणिज्य महासंघको चुनावको हिसावमा सबैजनाको चिन्ता रहेको छ । कतै हामी अहिले जुन हिसावले निर्वाचन भएको छ र एउटा स्थायी सरकार करिव दुई तिहाइको सरकार आएर जुन सरकार गठन गर्ने एउटा उसमा गइराखेको छ, त्यो अवस्थामा हामी कतै उद्योग वाणिज्य महासंघ एकढिक्का भएनौँ भने अथवा फरक–फरक हिसाबले हामी गइयो भने हामीहरुको निजी क्षेत्रको इस्युहरु के होला ? हाम्रो आवाज सरकारले सुन्ला कि नसुन्ला ? कतै हाम्रो उद्योग वाणिज्य महासंघको एक्जिस्टिङ जुन उ होला कि नहोला भन्ने वास्तवमा यहाँ आदरणीय पूर्व अध्यक्षज्यूहरु यहाँ सबैजना हुनुहुन्छ, उहाँहरुले ठूलो कन्सर्न राख्नुभएको थियो । र मैले वास्तवमा यो फोरम मार्फत पनि म भन्न चाहन्छु, म हाम्रो हुनेवाला अध्यक्षज्यूलाई पनि म भन्न चाहन्छु, हाम्रो उपाध्यक्षको क्यान्डिडेटहरुलाई पनि म भन्न चाहन्छु अहिले चुनाव भन्दा हामी सर्वसम्मत हिसावमै जाने हो कि ? सर्वसम्मत नेतृत्वमा जान यदि सक्यौँ भने हामी हाम्रो भ्वाइसलाई एउटै भएर चाहिँ लिएर जान सकिन्छ कि ? म भन्न चाहन्छु र यहाँहरुलाई भन्न पनि चाहन्छु चुनाव भनेको सरसर्ती हेर्दा के लाग्छ भने तपाईँहरु भोट माग्न जाँदा कसैले पनि तपाईंलाई भोट दिन्न भनेर कसैले पनि भन्दैन । हरेक मानछेले तपाईँलाई त दिइहाल्छु अरु विचार गरौँला भन्छ । म उम्मेदवार साथीहरुलाई पनि भन्न चाहन्छु र म हुनेवाला अध्यक्षज्यूलाई पनि म भन्न चाहन्छु मिलाऔँ । भरसक पदाधिकारीको लागि हामी मिलाऔँ । यहाँहरुले हेर्नुभयो भने म भन्न चाहन्छु हाम्रो पूर्व अध्यक्षज्यूहरु हुनुहुन्छ । म चुनाव लडेको थिएँ। यसरी नै एउटा प्रोग्राम मैले चन्द्रागिरीमा गरेको थिएँ जिल्ला नगर उद्योग वाणिज्य संघको । त्यहाँ जसरी गर्दा खेरी पनि ७८ जनाको त्यहाँ त्यो मिटिङमा नजाने बाहेक ७८ जना मान्छे मिटिङमा नजाने मलाई भोट दिने त कति थिए कति थिए अझ बाँकी थिए । ७८ जना त केही गरे पनि १०० प्रतिशत भोट आउँछ भनेर भन्या थियो ।तर भोट कति आयो मलाई थाहा छ यहाँहरुलाई। किशोर दाईको भन्दा एक भोट कम आयो मलाई। उहाँले ५२ ल्याउनुभयो मैले ५१ ल्याएको थिएँ । यसको मतलव म उम्मेदवार साथीहरुलाई पनि के भन्न चाहन्छु भने यहाँहरु हामी बसौँ, म अध्यक्षज्यू वरिष्ठ उपाध्यक्षज्यूलाई म भन्न चाहन्छु, पूर्व अध्यक्षज्यूहरुलाई पनि भन्न चाहन्छु हामी समझदारी गरौँ । यो विधानले वास्तवमा पदहरु पनि बढाएको छ । तपाईंहरु धेरैजना पनि हुनुहुन्न र तपाईंहरुले इगो पनि नराख्नुस् । हामी यदि चुनावमा गयौँ भने इम्याजिन गरौँ त यो गत पार्लियामेन्टको चुनावमा पार्टीहरुको भन्नाले रिजल्ट यो किसिमको एक्सपेक्टेसन थियो होला र? यहाँहरुले याद गर्नुभा’ छ कि छैन? त्यसले गर्दा म आग्रह गर्न चाहन्छु वरिष्ठ उपाध्यक्षज्यूलाई र पूर्व अध्यक्षज्युहरु र पदाधिकारीज्यूहरुलाई कमसेकम सर्वसम्मत हिसावमा कमसेकम पदाधिकारी सर्वसम्मत रुपमा गरौँ । म यो आग्रह गर्न चाहन्छु ।’

अध्यक्ष ढकालले नेपाल उद्योग वाणिज्य महासंघको संशोधित विधानले जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूको प्रतिनिधित्व र अधिकारलाई व्यापक बनाएको बताउनु भयो ।