Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


त्रिभुवन विमानस्थलबाट एक विदेशी नागरिक पक्राउ


260
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे तीन किलो गाँजासहित एक थाई नागरिक पक्राउ परेका छन् ।

विमानस्थल सुरक्षा प्रहरी कार्यालयको टाेलीले ३९ वर्षीय योङग्युत थुइनलाई पक्राउ गरेको हो । सोमबार राति सवा १२ बजेतिर थाई एअरलाइन्सको उडानमार्फत उनी बैंककबाट काठमाडौं आएका थिए ।

उनले ल्याएको सुटकेशभित्रबाट तीन किलो ४३५ ग्राम गाँजा बरामद भएको विमानस्थल प्रहरी कार्यालयका प्रवक्ता ढुण्डिराज नेउपानेले बताए । पक्राउ परेका उनलाई लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वर पठाइएको छ ।