Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


खानेपानी व्यवस्थापनमा महिलामैत्री बनाउने कामलाई प्राथमिकता राखेका छाैँ : प्रवक्ता मीना श्रेष्ठ


247
Shares

काठमाडौं ।
खानेपानी मन्त्रालयले खानेपानीसम्बन्धि आयोजनाहरुलाई महिलामैत्री बनाउने कामलाई प्राथमिकता दिइएको बताएको छ ।

विश्व पानी दिवसको अवसर पारेर आज ललितपुरमा आयोजित एक कार्यक्रममा मन्त्रालयकी प्रवक्ता मीना श्रेष्ठले लैगिकमैंत्री खानेपानीको व्यवस्थापन गर्न सरकारले सबै स्थानीय पालिकाहरुमा खानेपानी सरसफाई तथा स्वच्छता व्यवस्थापन सम्बन्धि प्रणाली लागू गरेको बताउनुभयो ।

खानेपानीको व्यवस्थापनमा सबैको पहुँच पु¥याउनका लागि सरकारले सो प्रणाली लागू गर्नुपरेको उहाँको भनाई थियो । उहाँले खानेपानी आयोजनाहरु आवश्यक्ताको आधारमा तय गर्न पनि सम्बन्धित सबै पक्षलाई सचेत गराउनु भयो ।

खानेपानी मन्त्रालयले खानेपानी व्यवस्थापनको कामलाई महिलामैत्री बनाउनका लागि प्रदेश र स्थानीय सरकारसँग पनि सहकार्य गरिरहेको उल्लेख गर्नुभयो ।