Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


नेप्से ५ अकंले बढ्यो,  १५ अर्ब ७८ करोड बराबरको कारोबार


0
Shares

काठमाडौं । साेमबार सेयर बजार ५.०१ अकंले बढेर २९३६.५६ बिन्दुमा कायम भएको छ । आज ३४२ कम्पनीको ३ करोड ८० लाख ७३ हजार कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ७८ करोडको कारोबार भएको हो ।

आज ७ उपसूचकमा हरियाली आएको छ । आज फाइनान्स समूहको ०.२० प्रतिशत, हाइड्रोपावर समूहको ०.९६ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.७२ प्रतिशतले सेयर मूल्य बढेको हो । सोमबार १०२ कम्पनीको सेयर मूल्य बढेको छ भने १५४ कम्पनीको घटेको छ । ८ कम्पनीको मूल्य भने स्थिर रहेको हो ।

आज सबैभन्दा धेरै कुमारी बैंकको सेयर कारोबार भएको छ । आज यस बैंकको ६७ करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ६० करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको ५७ करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सालपा विकास बैंक, रिलायन्स स्पीनिङ मिल्स, सोलु हाइड्रो र भुजुङ हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै सनराइज फर्स्ट म्युचुअल फन्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ३।७१ प्रतिशतका दरले गुमाएका हुन् ।