Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


टर्कीमा एक भवन भत्किंयाे, दर्जनाैं मानिस पुरिएकाे अनुमान

भग्नावशेषमा पुरिएका व्यक्तिको खोजी तथा उद्धार कार्य जारी

0
Shares

एजेन्सी । टर्कीको इस्तानबुल शहरको मध्य भागमा आइतबार एउटा भवन भत्किँदा दर्जनाैं मानिसहरूभग्नावशेषमा पुरिएका छन् ।

स्थानीय सञ्चारमाध्यमहरुले शहरको युरोपेली तर्फ पर्ने ‘फतिह’ जिल्लामा उक्त दुर्घटना भएको जनाएकाे हुन् । घटनास्थलबाट प्राप्त प्रत्यक्ष दृश्यहरूमा ठूलो संख्यामा दमकल, स्वास्थ्यकर्मी र प्रहरी टोलीहरू परिचालन गरिएको देखिएको छ । भग्नावशेषमा पुरिएका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य अहिले पनि जारी छ ।

भग्नावशेषबाट हालसम्म दुई जनाको जीवितै उद्धार गरी उपचारका लागि नजिकैको अस्पताल पठाइएको समाचारमा उल्लेख गरिएकाे छ ।