काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतमा साेमबार पनि सुनुवाइ हुँदै छ ।
सर्वोच्चको माग अनुरूप आइतबार महान्यायाधिवक्ताको कार्यालयले सभापति लामिछानेको मुद्दा फिर्ताको निर्णय संशोधन सम्बन्धी फाइल सर्वोच्चमा पेश गरेको हाे । उक्त फाइलमाथि साेमबार बहस हुने भएकाे छ। सर्वोच्चका न्यायाधीशहरू सारंगा सुवेदी र सुनिलकुमार पोखरलेको इजलासमा मुद्दाकाे सुनुवाइ जारी छ । गत पुस ३० गते महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने निर्णय गर्नुभएको थियो ।
महान्यायाधिवक्ता भण्डारीको सोही निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो ।








प्रतिक्रिया दिनुहोस्