Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


सूर्यविनायक-धुलिखेल सडक विस्तारकाे निर्माण कार्य तीव्र गतिमा

३ वर्षमा ६७ प्रतिशत भौतिक प्रगति पूरा

325
Shares

काठमाडाैं । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्मको सडक विस्तारमा ६७ प्रतिशत भौतिक प्रगति पूरा भएको छ ।

साेही सडक ३ वर्षअघिदेखि निर्माण कार्य शुरु गरिएकाे हाे । धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले २ लेनको यो सडक ६ लेनमा विस्तार गर्न थालिएको जनाएकाे छ । सडकको दायाँबायाँ २ सर्भिस लेन तथा २ दशमलव ५ मिटरको फुटपाथ निर्माण भइरहेको हाे । कन्स्ट्रक्शनका प्रबन्धक रवीन्द्र श्रेष्ठले समग्रमा ६५ प्रतिशत तथा कालाेपत्रबाहेक भौतिक प्रगति ९० प्रतिशत सम्पन्न भएको छ । दोस्रो खण्ड अन्तर्गत सूर्यविनायक–साँगामा भने ५५ प्रतिशत काम सकिएको हाे।

यसअघि स्थानीयवासीले विवाद गरेपछि डेढ वर्षदेखि रोकिएको काम गत मंसिर तेस्रो हप्तादेखि शुरू भएको थियो । आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले जनागाल, बाँसघारी–बुडोल, साँगा–भैसेपाटी र बनेपा बजार लगायतका क्षेत्रमा काम तीव्र गतिमा भइरहेको बताउनुभएकाे छ। सूर्यविनायक–साँगा ७ दशमलव ५ किलोमिटर विस्तारका लागि ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा ठेक्का लागेको थियो ।

चीनसँगको छोटो दुरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुलेपछि यस राजमार्गमा गाडीको चाप बढेको हो । यसै राजमार्गमा अहिले कोटेश्वरबाट लामा–छोटा दुरीका गाडी मात्रै दैनिक २५ सय भन्दा बढी छुट्ने गरेका छन् ।