काठमाडाैं । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवम् गैरआवासीय नेपालीहरूका लागि अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा एउटा अलग्गै डेस्क राखिने भएको छ ।
विश्वका विभिन्न देशमा छरिएर रहेका गैरआवासीय नेपाली (एनआरएनए) र नेपाली मूलका विदेशी नागरिकहरूको नेपाली भाषा संस्कृति र नेपाली माटोप्रतिको आत्मियतालाई प्रगाढ बनाउन साेही निर्णय गरिएको अध्यागमन विभागले जनाएको हाे । साथै विभागका अनुसार नेपालमा पर्यटन एवम् लगानी प्रवर्द्धन गर्ने उदेश्यका साथ पनि यस्ताे निर्णाय गरिएकाे छ
विभागले विमानस्थल कार्यालयलाई अलग्गै डेस्कको व्यवस्थापन गर्न पत्राचार समेत गरेको जनाएकाे हाे ।








प्रतिक्रिया दिनुहोस्