Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा आर्मी क्लब र एपीएफ क्लब विजयी


143
Shares

काठमाडाैं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब विजयी भएका छन् ।

तल्लो मूलपानी मैदानमा आइतबार भएको खेलमा आर्मीले पुलिसलाई २२ रनले पराजित गरेकाे हाे । आर्मीले दिएको २ सय ४४ रनको लक्ष्य पछ्याएको पुलिसले ४५ ओभर ३ बलमा सबै विकेट गुमाएर २ सय २१ रनमात्र बनाउन सक्यो । पुलिसका रशिद खानले ६० र शंकर रानाले ४६ रन बनाका थिए। आर्मीका नरेन साउदले ३ र आकाश चन्दले २ विकेट लिएका हुन्।

यसअघि टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित ४७ ओभरमा ८ विकेट गुमाएर २ सय ४३ रन बनायो । आर्मीका बसिर अहमदले शतक र भीम सार्कीले ६२ रन बनाएका थिए । पुलिसका श्रवण यादवले ३ तथा सागर ढकाल र रशिद खानले २/२ विकेट लिएका छन्।

त्यस्तै, मूलपानी मैदानमा भएको खेलमा एपीएफले बागमती प्रदेशलाई ७१ रनले पराजित गरेकाे हाे । एपीएफले दिएको २ सय ७२ रनको लक्ष्य पछ्याएको बागमतीले ४५ ओभर १ बलमा सबै विकेट गुमाएर २ सय रनमात्र बनाउन सक्यो । बागमतीका विवेक मगरले ३४ रन बनाए । एपीएफका अभिषेक गौतम र कप्तान रोहित पौडेलले ३/३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको एपीएफले ५० ओभरमा ८ विकेट गुमाएर २७१ रन बनायो । एपीएफका आसिफ शेखले शतक, सन्दीप जोराले ५२ रन बनाए । बागमतीका रिजन ढकालले ४ विकेट लिएका थिए ।