काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ ।
चुनावी हारको जिम्मेवारी लिँदै सभापति थापाले गत बुधबार उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा बुझाएका थिए । सो राजीनामाबारे पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा विस्तृत छलफल गरिएको थियो ।
आज बसेको बैठकले अन्ततः सभापति थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् ।
गत पुसमा भएको विशेष महाधिवेशनबाट थापा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएका थिए । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले ३८ सिट मात्र जितेको थियो ।








प्रतिक्रिया दिनुहोस्