काठमाडौं ।
साताको सुरुकै दिन शेयर बजारमा हाफ सेन्चुरी अंक बढीको उछाल आएको छ ।
निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी भारी बहुमतसहित विजयी भएपछि उकालो लाग्न थालेको बजारमा आज कारोबार समेत बढेर साढें २३ अर्ब माथि पुगेको छ ।
उतार चढावबीच बजार परिसूचक नेप्से ५४ अंकले उकालो लागेर २९ सय ३१ पुग्यो । व्यापार समूहमा झिनो अंकको गिरावट बाहेक बाँकी समूह उकालो लाग्दा लघुवित्त समूहकमा सबैभन्दा उच्च ४ प्रतिशतमाथिको बृद्धि आयो । होटल तथा पर्यटन समूह पनि ३ प्रतिशत बढीले उक्लियो ।
वाणिज्य बैंक, विकास बैंक, वित्त, बीमा समूहरुमा २ प्रतिशत माथिकाृ बृद्धि आयो । यसदिन नेपाल स्टक एक्सचेन्जमा ३ सय ६४ स्टकको ६ करोड १४ लाख कित्ता शेयर २३ अर्ब ६० करोड बढीमा खरिद बिक्री भएको छ ।
यीमध्ये १ सय ८२ कम्पनीको मूल्य बढ्दा ७३ वटाको घट्यो । कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्सलगायत झण्डै दर्जन कम्पनीका शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यसदिन कुमारी बैंकको शेयर सबैभन्दा उच्च झण्डै ८६ करोडको कारोबार हुँदा नेशनल हाइड्रोको ७७ करोडको र शिवम् सिमेन्टको पनि ७५ करोडको कारोबारभयो ।








प्रतिक्रिया दिनुहोस्