Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


ललितपुरमा इँट्टाभट्टाको पर्खाल भत्किएर एक महिलाको मृत्यु, ४ घाइते


468
Shares

काठमाडाैं । ललितपुरमा आइतबार इँट्टाभट्टाको पर्खाल भत्किएर एक जना महिलाको मृत्यु भएको छ ।

ललितपुर महानगरपालिका–२८ हरिसिद्धिस्थित होसना इँट्टाभट्टामा काम गर्ने रुकुमकी ५५ वर्षीय तिल्सरी खड्काको मृत्यु भएको हो । पर्खाल भत्किएर गम्भीर घाइते भएकी खड्काको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएकाे छ। सोही घटनामा परी ४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरूमा रुकुम घर भई सोही इँट्टाभट्टामा काम गर्ने २७ वर्षीय जानकी चन्द, सल्यानकी २७ वर्षीय शान्ति कुँवर, रोल्पाकी ४६ वर्षीय नन्दकुमारी मगर र दाङकी १९ वर्षीय सुमा कुमाल रहेका छन् । गम्भीर घाइते चन्दलाई भने थप उपचारका लागि मोडल अस्पताल रिफर गरिएको प्रहरीले बताएको हाे ।

हाल प्रहरी वृत्त सातदोबाटोबाट खटिएका प्रहरी टोलीले उद्धारको काम गरिरहेको छ ।