Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


काेशीसहित देशका ३ प्रदेशमा आज दिउँसाेदेखि भारी वर्षा हुँदै


4.3k
Shares

काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाल जनाएकाे छ।
आइतबार बिहन गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका हिमाली-पहाडी भू-भागमा साधारणतया बादल लागेको हाे । साथै बाँकी भू-भागमा भने आंशिक बादल लागेको छ । तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु लागेको महाशाखाले जनाएकाे छ ।

त्यस्तै, आइतबार दिउँसो भने देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएकाे हाे । तराई भू-भागमा आशिक बादल लाग्ने भएकाे छ। देशको पहाडी -हिमाली भू-भागका केही स्थानहरू र कोशी-लुम्बिनी प्रदेशको तराई भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे हाे।

त्यस्तै, आइतबार राति भने देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । साथै बाँकी पहाडी र तराई भू-भागमा आशिक बादल लाग्नेछ भएकाे हाे । कोशी र गण्डकी प्रदेशको पहाडी- हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।