Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


जापानले तेस्राे पटक पनि एएफसी महिला एशियन कप फुटबलको उपाधि जित्याे


299
Shares

काठमाडाैं । जापानले तेस्राे पटक पनि एएफसी महिला एशियन कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

अस्ट्रेलियाको सिड्नीमा शनिबार भएको फाइनल खेलमा जापानले अस्ट्रेलियालाई १–० गाेल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । जापानको जितमा माइका हमानोले पहिलो हाफमै गरेको गोल निर्णायक बन्यो । उनले खेलको १७ औँ मिनेटमा गोल गरेकी हुन् । खेलको अन्तिम १० मिनेटमा अस्ट्रेलियाले बराबरी गोलका लागि निरन्तर दबाब बनाए पनि सफल हुन सकेन ।

यस भन्दा पहिले पनि जापानले सन् २०१४ र २०१८ मा फाइनलमा अस्ट्रेलियालाई पराजित गर्दै उपाधि जितेको थियो । पछिल्ला चार संस्करण मध्ये तीन पटक उपाधि जित्दै जापानले एशियाली महिला फुटबलमा आफ्नो प्रभाव जमाएको छ । सन् २०१० पछि उपाधि जित्ने प्रयासमा रहेको अस्ट्रेलिया यसपटक असफल रह्यो । प्रतियोगिताबाट शीर्ष ६ टोली आगामी वर्ष ब्राजिलमा हुने फिफा महिला विश्वकपका लागि छनोट भएका छन् । १२ टोली सहभागी प्रतियोगितामा इरान महिला राष्ट्रिय फुटबल टोलीको सहभागिताले पनि अन्तर्राष्ट्रिय ध्यान तानेको थियो ।

टोली गत फेब्रुअरी २८ तारिख अघि नै अस्ट्रेलिया पुगेको थियो । त्यसपछि शुरु भएको पश्चिम एशियामा शुरु भएकाे द्धन्द्ध कारण परिस्थिति थप संवेदनशील बनेको छ । इरानी टोलीका सात सदस्यले शुरुमा अस्ट्रेलियामा शरण मागेका थिए । तर पछि दुई जना खेलाडी बाहेक सबै स्वदेश फर्किएका थिए ।