काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार पनि बस्दैछ ।
गत शुक्रबार शुरु भएको बैठकमा सभापति गगन थापाको राजीनामाका विषयमा नेताहरुले धारणा राख्ने क्रम नसकिएपछि आइतबार बिहान ८ बजे पुन: बस्न लागेको हो । शुक्रबार उपसभापति विश्वप्रकाश शर्माले थापाको राजीनामा अस्वीकृत प्रस्ताव पेश गर्नुभएको थियो । त्यस्तै, चुनावी हारको कारणकाे बारेमा प्रारम्भिक समीक्षा पनि बैठकमा गरिएको थियो ।
सभापति थापाले पदबाट राजीनामा दिएपछि अस्तिको बैठकमा उहाँ उपस्थित हुनुभएन । उहाँको राजीनामा साेही बैठकले अस्विकार गर्ने करिब निश्चित जस्तै भएकाे छ। तर दिईसकेको राजीनामा फिर्ता लिने की नलिने भन्नेमा थापा नैतिक संकटमा परेको जनाइएकाे छ
त्यस्तै, बैठकमा भातृ संगठनका रुपमा नरहने गरी नेपाल विद्यार्थी संघ (नेविसंघ) ले गरेको स्वायत्तता सम्बन्धी निर्णयकाे बारेमा पनि बैठकमा छलफल हुने पार्टीका एक नेताले बताएका हुन् ।








प्रतिक्रिया दिनुहोस्