काठमाडाैं । कपिलवस्तुमा शनिबारदेखि लगाइएको निषेधाज्ञाकाे बारेमा थप निर्णय लिन आइतबार बिहान सर्वदलीय बैठक बस्दैछ ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले शनिबार दिउँसो २ बजेदेखि लागू गरिएको निषेधाज्ञा अहिले पनि कायमै रहेकाे जनाएकाे हाे । सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले आइतबार बिहान साढे ८ बजे सर्वदलीय बैठक बसेर अवस्थाको समीक्षासहित आवश्यक थप निर्णय हुने बताउनुभये। उहाँले घटनामा संलग्न केही व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिँदै आइतबार बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको बताउनुभएकाे छ ।
महाराजगञ्ज नगरपालिकाको- २ र ३ को सीमाक्षेत्रमा ईद र नवरात्र पर्व मनाउने क्रममा उत्पन्न भएको विवाद चर्किँदै गएपछि प्रशासनले शनिबारदिउँसोदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको हो । कार्यालले शनिबार एक सूचना जारी गर्दै महाराजगञ्जको पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगञ्ज चोक, उत्तरमा महाराजगञ्ज बजार र दक्षिणमा हर्दौना क्षेत्रभित्र कुनै पनि प्रकारका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने जानकारी गराएकाे थियाे ।
घटना नियन्त्रणमा लिन प्रहरीले ७ राउण्ड अश्रुग्यास समेत प्रहार गरेको थियो । महाराजगन्ज नगरपालिकामा निषेधाज्ञाकाबीच भएको घटनामा ५ जना प्रदर्शनकारी र २ जना प्रहरी घाइते भएका छन् । उनीहरुको उपचार भैरहेको प्रहरीले बताएकाे हाे ।








प्रतिक्रिया दिनुहोस्