Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


देउवा सिंगापुरपछि हङकङ प्रस्थान


416
Shares

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरमा नियमित स्वास्थ्य उपचार सकेर हङकङ प्रस्थान गरेका छन्।

उनको सचिवालयका अनुसार सिंगापुरमा उपचार सकेपछि उनी थप स्वास्थ्य परीक्षण तथा पारिवारिक कार्यक्रममा सहभागी हुन हङकङ गएका हुन्।

हङकङमा निर्धारित कार्यक्रमहरू सम्पन्न गरेपछि देउवा स्वदेश फर्किने तालिका रहेको जनाइएको छ। देउवा फागुन १३ गते राति नेपालबाट सिंगापुर प्रस्थान गरेका थिए।