Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


इन्टरटेनमेन्ट टेबल टेनिस प्रतियोगिता भोलि हुने


0
Shares

काठमाडाैं । आठौं संस्करणको ‘इन्टरटेनमेन्ट टेबल टेनिस प्रतियोगिता’ शनिबार हुने भएको छ ।

‘इन्टरटेनमेन्ट टेबल टेलिस टूर्नामेन्ट’ (ईटीटी)को आयोजनामा ललितपुरको नख्खुमा रहेको बुल्स हेल्थ क्लबमा शनिबार बिहान ९ बजेदेखि प्रतियोगिता हुन लागेको हो । ‘टेबल टेनिस राष्ट्रको लागि स्वास्थ्यको लागि’ भन्ने नारासहित हुने प्रतियोगितामा महिला र पुरुष गरी ९६ जना खेलाडीहरुको सहभागिता रहने ईटीटीका अध्यक्ष एवम् अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष सुमन खड्गीले बताएका छन् ।

प्रतियोगितामा प्रवेश शुल्क २ हजार रुपैयाँ तोकिएको छ । राष्ट्रिय खेलाडी र १६ वर्षमुनिका खेलाडीलाई प्रवेश शुल्क नलाग्ने आयोजकका सुनिल शाक्यले बताएका हुन् । हरेक खेलाडीलाई एउटा ‘स्ट्याग’को टीसर्ट पनि दिइने छ । प्रतियोगिताको विजेतालाई विदेश भ्रमण, उपविजेतालाई पोखरा भ्रमण र तेश्रो हुने खेलाडीलाई एउटा मोबाइल उपहार रहेको आयोजकले जनाएको छ ।