Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


तेश्रो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा न्युजिल्याण्ड विजयी

दक्षिण अफ्रिका भने ८ विकेटले पराजित

364
Shares

काठमाडाैं । तेश्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु टोली न्युजिल्यान्ड विजयी भएकाे छ।

शुक्रबार भएकाे खेलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई ८ विकेटले पराजित गरेकाे हाे। यो जीतसँगै न्युजिल्यान्डले पाँच खेलको टी–२० शृङ्खला २–१ को अग्रता बनाएको हाे । दक्षिण अफ्रिकाले दिएको १ सय ३७ रनको सामान्य लक्ष्य पछ्याएको न्युजिल्यान्डले १६ ओभर २ बलमा २ विकेट गुमाएर भेटायो । न्युजिल्यान्डका टम लाथमले अविजित ६३ रन बनाएका हुन् । त्यसअघि अकल्यान्डमा टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ९ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो ।

नकोबानी मोकोएनाले अविजित २६ रन बनाएका थिए । न्युजिल्यान्डका काइल जेमिसन, मिचेल सेन्टनर र बेन सियर्सले समान २ विकेट लिए । पहिलो खेलमा दक्षिण अफ्रिकाले ७ विकेटले जितेको थियो भने दोश्रो खेलमा न्युजिल्यान्ड ६८ रनले विजयी भएको थियो । अब चौथो टी–२० खेल आइतबार र पाँचौ तथा अन्तिम खेल बुधबार हुने भएकाे छ ।