काठमाडाैं । नेपाली कांग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विद्यार्थी संगठनहरु खारेज गर्ने काम नगर्न अब बन्ने सरकारलाई चेतावनी दिएको छ ।
काठमाडौंमा शुक्रबार आयोजित संघको सिनेट बैठकमा बोल्दै अध्यक्ष दुजाङ शेर्पाले यस्ताे चेतावनी दिनुभएको हो । आफूले विद्यार्थी संगठनहरु खारेज गर्ने भनेर कहीँकतै मिडिया ट्रायल गर्ने काम भईरहेको भन्दै उहाँले त्यस्तो गलत काम अब बन्ने नयाँ सरकारले गरे त्यो आगोमा हात हाले सरह हुने समेत बताउनुभयो । अध्यक्ष शेर्पाले विद्यार्थी संगठनकै आन्दोलनका कारण नेपालमा बालेन्द्र शाहहरुले र्याप गाउन पाउने अधिकार प्राप्त भएकाले पनि त्यस्ता संगठनहरु खारेज गर्ने काम सह्य नहुने बताउनुभएकाे छ।
अध्यक्ष शेर्पाले कांग्रेस भित्रको गुटगत स्वार्थका कारण प्रतिनिधिसभा निर्वाचनमा पराजय व्यहोर्नु परेको जिकिर समेत गर्नुभयो ।








प्रतिक्रिया दिनुहोस्