Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


काठमाडौं उपत्यकासहित देशैभरी हावा-हुरीसहितको भारी वर्षा

वर्षाका कारण हवाई उडान समेत प्रभावित

546
Shares

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरै शुक्रबार हावाहुरी-बताससहितको भारी वर्षा भएकाे छ ।

पश्चिमी न्युन चापीय र स्थानीय वायु प्रणालीको प्रभावबाट चट्याङसहित देशैभरी असिना पानी समेत परेको हो । उपत्यकासहित चितवन, पोखरा, बुटबल, अर्घाखाँची, दाङ, ओखलढुंगा र धनकुटासहित देशका विभिन्न भू-भागमा शुक्रबार अपराह्न असिना पानी परेको हो । देशैभरी दिउँसै अँध्यारो भएको थियो । हावा हुरीसहितको असिना पानी पर्दा जनजीवन अस्तव्यस्त बनेको थियो । मौसम पूर्वानुमान महाशाखाले दुई दिन अघिदेखि नै शुक्रबार र शनिबार देशका विभिन्न भागमा तीव्र गतिको हावाहुरी र असिना पानी पर्ने भन्दै सतर्कता अपनाउन समेत अनुराेध गरेकाे छ ।

त्यसैगरी कोशी र मधेश प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको अनुमान गरे अनुसार नै देशभर वर्षा भएको हो । वर्षाका करण लामो समयदेखिको वायु प्रदूषण कम भएको छ। खेतीबालीलाई पनि राहत मिलेको हाे । हावा-हुरीसहितको वर्षाले आन्तरिक उडानहरु अवरुद्ध भएका छन् । नेपाल आईरहेका केही अन्तर्राष्ट्रिय उडानहरु भारत र बंगलादेश डाइभर्ट गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएकाे हाे ।