Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


बैठक सञ्चालनका लागि पनि नयाँ संसद भवनकाे तयारी पूरा: गृहमन्त्री अर्याल


234
Shares

काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालले शुक्रबार नयाँ संसद भवनको निर्माण र व्यवस्थापन पक्षको निरीक्षण गर्दै सबै तयारी पूरा भएको बताउनुभएको छ ।

निरीक्षणका क्रममा उहाँले प्रतिनिधि सभाको छुट्टै बैठक र आवश्यक परेको खण्डमा दुवै सदनको संयुक्त बैठक सञ्चालनका लागि समेत पूर्वाधार तयार रहेको जानकारी दिनुभएको हो । उहाँले कार्यव्यवस्था समितिको बैठक कक्ष र सभामुखको कार्यकक्ष समेत तयार भइसकेको बताउनुभएकाे छ। सांसदहरुकाे पद तथा गाेपनीयताकाे शपथ ग्रहणका लागि मात्र नभई पूर्ण अधिवेशन सञ्चालनका लागि समेत भवन तयार रहेको उहाँको दावी थियाे । सिट प्लानिङ र फर्निचरको व्यवस्थापनलाई ‘राम्रो’ भन्दै उहाँले माइक र स्क्रिन जडानको काम समेत द्रुत गतिमा भइरहेको उल्लेख गर्नुभएकाे छ ।

गृहमन्त्री अर्यालले अस्थायी व्यवस्थापन भएपनि फर्निचर र प्रविधिको प्रयोग सन्तोषजनक रहेको र काम द्रुत गतिमा अगाडि बढेको बताउनुभयो ।