काठमाडौं। वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट बनेको संघीय संसदकाे पहिलो अधिवेशन आह्वान गर्ने भएको छ ।
संघीय संसदकाे पहिलो अधिवेशन आह्वानका लागि प्रधानमन्त्री कार्कीले शुक्रबार मन्त्रिपरिषद् बैठक बोलाउनुभएकाे हाे । एक मन्त्रीले संघी संसद्को अधिवेशन आह्वानका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको जानकारी आफूलाई आएको बताएका छन्।
ती मन्त्रीले यहि चैत १६ गतेका लागि अधिवेशन आह्वान गरिने जानकारी दिएका हुन् । यसअघि अन्तरिम सरकारले अधिवेशन आह्वान गर्ने कि नयाँ सरकारले अधिवेशन आह्वान गर्ने भन्नेमा अन्योल थियो । सरकारका तर्फबाट अनौपचारिक रूपमा चैत १६ गतेका लागि अधिवेशन आह्वान हुने भएकाले तयारी गर्न भन्दै संघीइ संसद् सचिवालयलाई जानकारी गराइएको सचिवालयले जनाएकाे छ।








प्रतिक्रिया दिनुहोस्