काठमाडाैं । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले महिला टोलीमा महिला प्रशिक्षक अनिवार्य राख्नुपर्ने नियम ल्याएको छ ।
अब फिफा महिला फुटबल प्रतियोगितामा प्रत्येक टोलीले करिब एक महिला मुख्य प्रशिक्षक वा सहायक प्रशिक्षक समावेश गर्नुपर्ने भउकाे हाे । साेही नियम यसै वर्ष हुने १७ वर्षमुनिका र २० वर्षमुनिका महिला विश्वकप तथा महिला च्याम्पियन्स कप प्रतियोगिताहरूमा लागू हुनेछ ।
फिफा काउन्सिलले प्रशिक्षणमा महिला प्रतिनिधित्वको दीर्घकालीन रणतीतिबारे छलफल गर्दै यो निर्णय गरेको हो । नयाँ नियम अनुसार खेलमा प्रत्येक टोलीको बेन्चमा कम्तीमा दुई जना कर्मचारी महिला हुनुपर्छ जसमध्ये एक जना सहायक प्रशिक्षक वा मुख्य प्रशिक्षकको भूमिकामा हुने भएका छन् । यो नियम क्लब र राष्ट्रिय टोलीहरूसहित सबै युवा र सिनियर प्रतियोगिताहरूमा लागू हुने भएकाे हाे ।
सन् २०२३ को महिला विश्वकपमा ३२ मुख्य प्रशिक्षकमध्ये १२ जना महिला थिए । नयाँ नियमले महिला प्रतिनिधित्व तीव्र गतिमा बढ्ने फिफाको विश्वास छ ।








प्रतिक्रिया दिनुहोस्