Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


पाकिस्तानमा वर्षाका कारण १७ जनाको जीवन गयाे, ३० घाइते


663
Shares

एजेन्सी । पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा वर्षासँग सम्बन्धित घटनाहरूमा परी १७ जनाको मृत्यु भएको छ ।

साेही घटनामा परी अन्य ३० जना घाइते भएका हुन् । स्थानीय अधिकारीहरू र रेस्क्यु ११२२ का कर्मचारीहरूले भारी वर्षापछि शहरका विभिन्न क्षेत्रहरूबाट हताहतको खबर आएको बताएका छन् । जसले शहरी पूर्वाधारका कमजोरीहरूलाई उजागर गरेको हाे । रेस्क्यु ११२२ का कर्मचारीहरूले देशको दक्षिणी सिन्ध प्रान्तको प्रान्तीय राजधानी कराँचीको बलदिया टाउन क्षेत्रमा पर्खाल भत्किँदा ११ जनाको मृत्यु भएको बताएका हुन् । शहरका अन्य विभिन्न क्षेत्रमा थप ६ जनाको मृत्यु भएको छ ।

जसमा कायद आबाद क्षेत्रमा घरको छाना भत्किंदा ज्यान गुमाउने एक दम्पती पनि समावेश भएका हुन् । कराँचीका मेयर मुर्तजा वहाबले सहरमा तीब्र हावाहुरीसहित भारी वर्षा भइरहेको बताउँदै बासीन्दाहरूलाई अनावश्यक आवतजावत नगर्न आग्रह गर्नुभएकाे छ।

साथै सिन्धका स्थानीय सरकार मन्त्री नासिर हुसेन शाहले आँधीबेहरीसहितको वर्षापछि कराँचीलगायत प्रान्तभर उच्च शतर्कता (हाई अलर्ट) घोषणा गर्नुभयाे ।