काठमाडाैं । नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य घटेको छ।
बिहीबार प्रतितोला पाँच हजार चार सय रूपैयाँले घटेको सुनको मूल्य शुक्रबार प्रतितोला सात हजार आठ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुन प्रतितोला दुई लाख ९४ हजार पाँच सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। बिहीबार सुन प्रतितोला तीन लाख दुई हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार चाँदी प्रतितोला पाँच हजार १० रूपैयाँमा कारोबार भएको थियाे । तर चाँदी शुक्रबार प्रतितोला चार हजार आठ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय १५ रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस चार हजार सात सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।








प्रतिक्रिया दिनुहोस्