Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


कांग्रेसकाे केन्द्रीय कार्यसमिति बैठक सानेपामा जारी

सभापति थापाको राजीनामाकाे बारे छलफल गरिंने

221
Shares

काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी मूख्यालय सानेपामा जारी रहेकाे छ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरू सहभागी रहेका हुन् । बैठकमा पार्टी सभापति गगन थापाले दिएको राजीनामाको विषयमा छलफल हुने छ भने निर्वाचनको समीक्षा पनि हुने बुझिएको हाे । तर १५औं महाधिवेशनका विषयमा भने बैठकमा छलफल नहुने बुझिएको छ । कांग्रेस बैठकले सभापति थापाको राजीनामा अस्वीकृत गर्ने प्रबल सम्भावना छ ।

यसैबीच, कांग्रेस महामन्त्री गुरुराज घिमिरेले पार्टीको १५ औँ महाधिवेशनमा जुट्न पार्टीपंक्तिलाई आह्वान गर्नुभएको छ ।