Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


अमेरिकी रक्षा विभागद्वारा इरानमा युद्ध गर्नका लागि २ सय अर्ब डलर ट्रम्प प्रशासनसँग माग


1.2k
Shares

एजेनसी । अमेरिकी रक्षा विभागको मुख्यालय पेन्टागनले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनसँग इरान युद्धका लागि २ सय अर्ब अमेरिकी डलर भन्दा बढी रकमको स्वीकृति माग गरेको छ ।

द वाशिङ्टन पोस्टले साेही रकम अहिलेसम्म इरानमा भएका सैन्य अभियानको लागत भन्दा बढी रहेको जनाएकाे हाे । यसको उद्देश्य पहिले खर्च भएका आवश्यक हतियारहरूको उत्पादन तत्काल बढाउनु हो । ट्रम्प प्रशासनका काउन्टर–टेररिज्म सेन्टरका पूर्वनिर्देशक जो केन्टले इरानका सर्वेच्च नेता आयताेल्लाह अली खामेनीलाई मार्ने निर्णय गलत भएको समेत बताउनुभएको छ ।

यसैबीच दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा परी ३ जना लेबनानी सैनिकसहित १६ जनाको ज्यान गएको हाे। सिडोन जिल्लाको अरब अल–जाल शहरमा आवासीय भवनमा पूर्णरूपमा क्षति पुगेकाे चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

लेबनानी आधिकारिक स्रोतले साेही आक्रमणमा परी दर्जनाैं घाइते भएका हुन् । दक्षिणी लेबनानका विभिन्न क्षेत्रहरूमा पनि हाल आक्रमण जारी रहेकाे छ।