एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्व तत्काल अन्त्य गर्न तयार नभएको बताउनुभएको छ ।
जुन द्वन्द्व अहिले तेस्रो हप्तामा प्रवेश गरेको हाे। उहाँले आफूहरु अहिल्यै छोड्न तयार नरहेको तर निकट भविष्यमा युद्ध अन्त्य हुने बताउनुभयो । इरानसँगको द्वन्द्वपछिको अवस्था (डे–आफ्टर) को लागि ह्वाइट हाउससँग कुनै योजना छ कि छैन भनेर सोधिएको प्रश्नमा ट्रम्पले कुनै विस्तृत विवरण दिनुभएन । उहाँले गत फेब्रुअरी २८ तारिखमा अमेरिका र इजरायलले इरानमाथि ठूलो मात्रामा आक्रमण शुरु गरेदेखि इरान हरेक दृष्टिकोणबाट तहसनहस भएको आफ्नो दावी दोहोर्याउनुभयो ।
इरानलाई पुनर्निर्माण गर्न एक दशक लाग्ने उहाँले बताउनुभएकाे छ। राष्ट्रपति ट्रम्पले मंगलबार पत्रकारहरूसँग कुरा गर्दै यदि इरानमा अमेरिकी स्थल सेना पठाएको खण्डमा अमेरिकाको लागि अर्को भियतनाम युद्ध जस्तो बन्नसक्ने कुरामा आफूलाई कुनै डर नभएको समेत बताउनुभयो । स्थानीय विश्लेषकहरूका अनुसार यदि वासिङ्टनले इरानको मुख्य तेल निर्यात केन्द्र खार्ग टापु कब्जा गर्ने र इस्फाहानमा रहेको भूमिगत केन्द्र (जहाँ धेरै आणविक सामग्री भण्डारण गरिएको विश्वास गरिन्छ) लाई लक्षित गर्ने योजना बनाएको छ।
अमेरिका र इजरायलको स्थलगत कारबाही आवश्यक पर्न सक्ने उनीहरुकाे अनुमान रहेकाे हाे ।








प्रतिक्रिया दिनुहोस्