काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले को नवनिर्वाचित सांसदको लागि आयाेजना गरेकाे दुई दिने अभिमुखीकरण कार्यक्रम बुधबार पनि जारी रहेकाे छ।
रास्वपाले सांसदहरूको काम, कर्तव्य, अधिकार तथा पार्टीका नीति र उद्देश्यकाे बारेमा जानकारी दिन मंगलबारदेखि ललितपुरको एक होटलमा अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो । अभिमुखीकरण कार्यक्रममा संसदीय अभ्यास, विधायिकी प्रक्रिया, नीति निर्माण तथा संसदीय समितिहरूको भूमिका लगायतका विषयमा केन्द्रित छ । त्यस्तै, गत फागुन २१ गते सम्पन्न भएकाे प्रतिनिसभा सदस्य निर्वाचनमा नागरिकसँग गरिएको प्रतिबद्धता तथा अब गर्नुपर्ने काम र प्राथमिकताकाे बारेमा बहस केन्द्रित रहेकाे रास्वपाले जनाएकाे हाे ।
संसदीय अभ्यासका जानकार, संविधानविद्, इतिहासविद्, परराष्ट्रविद् तथा अर्थविद्हरूले पनि अभिमुखिकरण कार्यक्रममा सहजिकरण गरेका छन् । पार्टीका उपसभापति स्वर्णिम वाग्लेले करिब दुई तिहाई बहुमतको विश्वास जोगाउँदै नागरिकको भरोसा कायम राख्नुपर्नेमा जोड दिनुभयाे । कार्यक्रमको पहिलो दिन मंगलबार पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) उपस्थित नभएकाे जनाइएकाे छ।
बुधबार भने दुवै नेता कार्यक्रममा उपस्थित हुने रास्वपाले जनाएको हाे। अभिमुखिकरण कार्यक्रम बुधबार सकिने भएकाे छ।








प्रतिक्रिया दिनुहोस्