काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर करण केसीले जापान प्रिमियर लिग खेल्ने भएका छन् ।
जापान क्रिकेट संघले सामाजिक सञ्जालमार्फत बलर करणले जापान प्रिमियर लिग खेल्ने तय भएको जनाएको हो । यद्यपि, उनी कुन टिममा अनुबन्धित भएका छन् भन्ने कुरा संघले खुलाएको छैन । साेही लिग जापानमा घरेलु टी–२० क्रिकेटतर्फ सबै भन्दा ठूलो प्रतियोगिताका रुपमा लिइन्छ । हालसम्म प्रिमियर लिगको चार संस्करण पूरा भइसकेको छ । साउथ कान्टो प्रतियोगिताको साविक विजेताको रुपमा रहेको छ ।
बलर करणले हालसम्म टी–२० क्रिकेटमा घरेलुतर्फ १ सय ११ विकेट लिएका छन् भने अन्तर्राष्ट्रिय टी–२० तर्फ १ सय ६ विकेट लिएका हुन् । उनले काठमाण्डू गोर्खाजबाट नेपालमै गत मंसिरमा सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण खेल्दा १३ विकेट लिएका थिए ।








प्रतिक्रिया दिनुहोस्