Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


आठौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता भाेलिदेखि शुरू हुने

प्रतियोगिता सञ्चालन गर्न करिब ३१ लाख रूपैयाँ खर्च हुने अनुमान

156
Shares

काठमाडौं । नेपाल खेलकुद महासंघ र राष्ट्रिय जुडो संघको संयुक्त आयोजनामा आठौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता यहि चैत्र ५ गते बिहीबारदेखि काठमाडौंमा शुरु हुने भएको छ ।

राष्ट्रिय जुडो संघले चैत्र ५ देखि ९ गतेसम्म काठमाडौंको नयाँ बजारस्थित बहुउदेश्य मार्शल आट्र्स केन्द्रमा साेही जुडो प्रतियोगिताकाे आयोजना गरिने जनाएको हो । प्रतियोगितामा नेपालका प्रदेश, जिल्ला, क्लब, स्कुल तथा डोजोका खेलाडीहरूका साथै बङ्गलादेश र भुटानका खेलाडीहरू समेत गरेर ३ सय जनाको सहभागिता रहने संघका अध्यक्ष धर्मकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

पुरुष र महिलातर्फ विभिन्न तौल समूह र स्पर्धामा हुने प्रतियोगिताका विजयी खेलाडीहरूलाई स्वर्ण, रजत, कास्य पदक तथा प्रमाणपत्र प्रदान गरिने उनले बताएका छन् । साथै क्याडेट र जुनियर दुवै समूहमा टिम प्रथमलाई १५ हजार, दोस्रोलाई १५ हजार, तेस्रोलाई ५ हजार र बेष्ट महिला दुई पुरुष २ लाई ५ हजार रुपैयाँका दरले नगद पुरस्कार प्रदान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।

अध्यक्ष श्रेष्ठले सहभागी खेलाडी र अफिसियलको ५ लाख रुपैयाँ बराबरको बीमा गरिएको समेत बताएका हुन् । उनीहरूको खाना, बसोबास र यातायातको व्यवस्था पनि आयोजकले गर्ने भएकाे छ। प्रतियोगिता सञ्चालन गर्न करिब ३१ लाख रुपैयाँ खर्च हुने समेत राष्ट्रिय जुडो संघले जनाएकाे हाे ।