काठमाडाैं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ।
बुधबार बिहान कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी-हिमाली भू-भागमा साधारणतया बादल लागेको हाे । कोशी, लुम्बिनी र बागमती प्रदेशको पहाडी-हिमाली भू-भागमा आंशिक बादल लागेको छ । साथै बाँकी भू-भागमा मौसम मुख्तया सफा रहेको छ । कोशी प्रदेशको हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा भैरहेको माैसम पूर्वानुमान महाशाले जनाएकाे हाे।
त्यस्तै, बुधबार दिउँसो भने देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएकाे छ । साथै बाँकी पहाडी र तराई भू-भागमा आंशिक बादल लाग्ने भएकाे हाे। कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
त्यस्तै, बुधबार राति भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी- हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएकाे हाे । गण्डकी, बागमती र कोशी प्रदेशको पहाडी-हिमाली भू-भागमा आंशिक बादल लाग्ने भएकाे छ। साथै बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने भएकाे हाे। सुदूरपश्चिम प्रदेशको पहाडी-हिमाली भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने भएकाे हाे।
कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।








प्रतिक्रिया दिनुहोस्