Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


नाइजेरियामा श्रृंखलाबद्ध हमला : २३ जनाको मृत्यु, सयभन्दा बढी घाइते


338
Shares

एजेन्सी । नाइजेरियामा श्रृंखलाबद्ध हमलमा २३ जनाको मृत्यु भएको छ भने, एक सय भन्दा मानिस घाइते भएका छन् ।

आज उत्तर–पूर्वी नाइजेरियाको मैदगुरी सहरमा भएका श्रृंखलाबद्ध विष्फोटमा कम्तिमा २३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्य अलजजिराले जनाएको छ ।

स्थानीय प्रहरीका अनुसार ती विष्फोटहरू आत्मघाती हुनसक्ने भनिएको छ । सोही तीन वटा स्थानमा राखिएका बम प्रहरीद्वारा निष्क्रिय पारिएको छ ।

विष्फोटहरू युनिभर्सिटी अफ मैदगुरी टिचिङ हस्पिटलको गेट, स्थानीय बजार र पोस्ट अफिसबाहिर भएको भनिएको छ । यस अघि सैन्य केन्द्रमा भएको आक्रमण र डिसेम्बरमा मस्जिदमा भएको बम विष्फोट र आक्रमणहरूले सहर अशान्त बनेको छ ।