Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


भूकम्पको २९ महिनासम्म दरबार पुनर्निर्माण नहुँदा ओझेलमा


182
Shares

जाजरकोट ।

नेपालका एक सय पर्यटकीय गन्तव्यको सुचीमा परेको जाजरकोट दरबार पुनर्निर्माण नहुँदा ओझेलमा परेको छ । भूकम्प गएको २९ महिनासम्म दरबार पुनर्निर्माणमा सरकारले बेवास्था गरेपछि जीर्ण बनेको हो ।

२०८० कात्तिक १७ गते राती जाजरकोटको बारेकोट गाउँपालिका रामिडाँडा केन्द्र विन्द् भई गएको भूकम्पले क्षतिग्रस्त दरबार पुनर्निर्माणमा सरकारले बेवास्था गरेपछि ओझेलमा परेको छ । रातो र सेतो दरबार भूकम्पले क्षतिग्रस्त गरेपछि सरोकारवाला निकायले पुनर्निर्माणको कामलाइ अघि नबढाएका कारण बर्खाको पानीले छियाछिया भएको छ ।

सेतो दरवार नेपालका सय पर्यटकीय गन्तव्यको सुचीमा सरकारले राखेको छ । जाजरकोटी राजा ईन्द्रनारायण शाहका पालामा वि. स१८५२ मा निर्माण गरिएको सेतो दरबार भन्दा अघि पश्चिमतर्फ रातो दरवार वि.स १८०० देखि १८११ सालमा निर्माण गरिएको पाईन्छ सो दरबारबाट जाजरकोट राज्यको राजकाज चलेको पाईन्छ । भूकम्पले बस्न नमिल्ने दरबार बर्खायामको पानीले पश्चिम र दक्षिण तर्फको भाग भत्किएको छ ।

गैरसरकारी संस्था महासंघका अध्यक्ष सहदेव बस्नेतले नागरिकद्धारा निर्माण गरिएका दरबार पुनर्निर्माणमा सरकार गम्भीर नहुँदा जीर्ण बनेको बताउनुभयो । जाजरकोटी राजाको आदेशमा जनताको श्रमदानबाट निर्माण गरिएका दरबार भूकम्पले ध्वस्त पारेपछि सरकार, पुरात्तत्व विभागले समयमा निर्माण प्रक्रिया अघि नबढाउँदा दरबारको छेउमा जान समेत डराउनु पर्ने बताउनु भयो ।

सरोकारवाला निकायले दरबारकाे पुनर्निर्माणमा चिन्ता नगरे असार, साउनको बर्खाले पुर्ण रुपमा दरबार नष्ट हुने बताउनुभये । सेतो र रातो दरवार कर्णाली प्रदेशका ऐतिहासिक पर्यटकीय गन्तव्यको रुपमा विकास गरि दरबारलाई संङ्ग्राहलय बनाउने अभियान जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको अगुवाईमा शुरु गरेपनी सरोकारवाला निकायले पुनर्निर्माणमा बेवास्था गरेपछि अलपत्र परेको छ ।

वि.स १९९० साल माघ २ गतेको महाभूकम्पले क्षतिग्रस्त दरबार पुननिर्माण गरियो । वि.सं २०५० सालको भूकम्पले पश्चिम तर्फको नालमा क्षति पुर्याएपछि २०५१ सालमा पुननिर्माण गरिएको थियो । पाँच तलाको दरबारलाई भुकम्पले बस्न नमिल्ने बनाएपछि पुननिर्माण गर्दा तिन तलामा बनाइएको थियो । २९ महिना अघि गएको भूकम्पले जीर्ण दरबार नेपाल सरकारले पुननिर्माण नगरि बेवास्था गरेका कारण ओझेलमा परेको छ ।

भूकम्प अघि रातो दरबारमा जिल्ला समन्वय समिति, सेतो दरबारमा जिल्ला प्रशासन कार्यालय थिए । पर्यटकलाई आकर्षित गर्ने दुईवटा दरवार क्षतिग्रस्त भएपछि जिल्ला प्रशासनले कार्यालय संञ्चालन गरेको छ । दरबार पुननिर्माणका लागी सरकारले पहल नगरेका कारण जीर्ण बनेको जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीले बताउनुभयो ।

दरवार पुननिर्माण गर्नु भन्दा अधि कस्तो थियो भन्ने बारेमा कसैलाई जानकारी छैन सुरुकै स्वरुपमा पुननिर्माण भएको हुनुपर्छ, १९९० सालपछि भक्तपुरका नेवार समुदायका इन्जिनियर नाक्चेलाई ल्याएर पुरानै शैलीमा निर्माण गरिएको पाईन्छ । दरबारमा प्रयोग भएको झयालको कला तथा रुपरेखा हेर्दा सुरुकै स्वरुपमा निर्माण गरिएको देखिन्छ ।

सरकारले संरक्षण तथ हेरविचार नगर्दा मौलिक स्वरुपको अस्तित्व छैन । पटक पटकको भूकम्पले क्षतिग्रस्त दरवार मर्मतका नाममा मौलिकता विगार्ने काम सरोकारवाला र सरकारी पक्षबाट भएको अध्यक्ष केसीले भनाइ छ । रातो दरबारमा मन्दिर शाह देखि गजेन्द्रनारायण शाह गरि चार जना, सेतो दरबारमा ईन्द्रनारायण शाह देखि अन्तिममा स्वयमप्रकाश विव्रmम शाहले शासन गरेको पाईन्छ । अन्तिम भनिएका राजा प्रकास विक्रम शाह जाजरकोटमा बसेनन् राजा रजौटा उन्मुलन भइसकेका थिए । नागरिक समाज जाजरकोटका अगुवा राजेन्द्र विक्रम शाहका अनुसार सेतो दरबारमा ७ जना राजाले राज्य गरेको पाईन्छ ।

अन्तिम जाजरकोटी राजा प्रकाशविव्रmम शाहले २०२४ सालमा दरबारलाई नेपाल सरकारसग ६० हजारमा विव्रिm गरेपछि सरकारी सम्पतिको रुपमा परिणत भएको छ । विव्रmम सम्वत २०१७ साल देखि राजाहरु वस्न छोडेपछि सरकारी काम हुन थालेको हो । जिल्ला प्रशासन कार्यालयको कामकाज सोही भवनबाट हुने गरेको थियो । दरबार क्षतिग्रस्त भएपछि युएन डिपिले निर्माण गरेको प्रि फ्याप भवनबाट सेवा प्रवाह भइरहेको छ ।

ऐतिहासिक तथा पुरातात्विकले महत्पुर्ण कर्णाली प्रदेशको पर्यटकिय गन्तव्यको रुपमा रहेको दरबारलाई पुननिर्माणमा सरकारको ध्यान नदिदाँ पर्यटक आउन छोडेका छन् । माौलिकता, ऐतिहासिकता, पुरातात्विक महत्व सुरक्षित पुरानै स्वरुपमा भूकम्पीय जोखिम अपनाएर पुननिर्माण गरि दरबारलाई संङ्ग्राहलय बनाएर पर्यटकिय गन्तव्यका रुपमा परिचित गराउन पहल गरेपनी सरकारको ढिलासुस्तीका कारण ओझेलमा परेको छ ।

सरकारले तत्काल पुनर्निर्माणका काम अघि नबढाए भग्नावशेषका रुपमा परिणत हुने स्थानीयबासीको भनाइ छ ।