Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


उपराष्ट्रपति यादवद्वारा पूर्वप्रधानमन्त्री ओलीलाई समवेदना प्रकट


221
Shares

काठमाडाैं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पितृशोकमा रहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति समवेदना प्रकट गरेका छन् ।

उपराष्ट्रपति यादवले अध्यक्ष ओलीलाई भेटी उनका पिताको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

अध्यक्ष ओलीका पिताको निधनले सिंगो परिवारमा पर्न गएको अपूरणीय क्षतिप्रति उपराष्ट्रपतिले गहिरो सहानुभूति समेत व्यक्त गरे ।