Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


राष्ट्रपति पौडेलद्वारा पूर्वप्रधानमन्त्री ओलीलाई समवेदना प्रकट


91
Shares

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले पितृशोकमा रहनुभएका पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीप्रति समवेदना प्रकट गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले अध्यक्ष ओलीलाई भेटी उहाँका पिताको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।

अध्यक्ष ओलीका पिताको निधनले सिंगो परिवारमा पर्न गएको अपूरणीय क्षतिप्रति राष्ट्रपतिले गहिरो सहानुभूति समेत व्यक्त गर्नुभयो ।