Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


असुरक्षित गर्भपतनलाई शुन्यमा पुर्‍याउने अभियान सुरु


0
Shares

तेह्रथुम, असोज १० । तेह्रथुममा २०७७ सालभित्र असुरक्षित गर्भपतनलाई शुन्यमा पुर्‍याउने अभियान सुरु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले विभिन्न दातृ संस्थासँगको सहकार्यमा असुरक्षित गर्भपतनलाई शुन्यमा पुर्‍याउने अभियान थालेको हो । अभियान सफल बनाउन हाल रणनीतिक योजना निर्माणको काम भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत कृष्णदेव यादवले बताए ।

जिल्लाका जनप्रतिनिधि, सरोकारवाला र महिला अधिकारकर्मीले दुई वर्षभित्र असुरक्षित गर्भपतनको समस्याबाट मुक्त जिल्लाको रुपमा चिनाउन तथा मातृ मृत्युदर कम गर्न प्रतिबद्धता जनाइसकेका छन् । यही वर्षबाट जिल्ला अस्पतालसहित अन्य १४ वटा स्वास्थ्य संस्थाबाट निःशुल्क सुरक्षित गर्भपतन गराउने सेवा सुरु भएको छ ।

आइपास नेपालको सहयोगमा जिल्लामा गत वर्षबाट यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सुदृढिकरण परियोजनासमेत सञ्चालन भइरहेको छ ।