Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


रवि लामिछाने अस्पतालबाट डिस्चार्ज


1.8k
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन्।

सभापति लामिछाने गत शुक्रबार काठमाडौंको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर भर्ना भएका थिए।

सभापति लामिछाने चिकित्सकको निगरानीमा रहने गरी आज डिस्चार्ज भएको सेन्टर स्रोतले जनाएको छ। सभापति लामिछाने पिसाबसम्बन्धी संक्रमणका कारण अस्पताल भर्ना भएको स्रोतको भनाइ छ।