Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


पेट्रोल-डिजेल र मट्टीतेलकाे मूल्यमा भारी वृद्धि (मूल्य सूचीसहित)

नयाँ मूल्य आजदेखि लागू हुँदै

5.4k
Shares

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढाएको छ ।

निगमले साेमबारदेखि लागू हुने गरी पेट्रोलको मूल्य लिटरमा १५ , डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको जनाएकाे हो । अब तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाण्डौ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य लिटरकाे १ सय ७२ रुपैयाँ कायम भएको छ । डिजेल र मट्टीतेलको मूल्य लिटरकाे १ सय ५२ रुपैयाँ पुगेको हाे ।

दोस्रो वर्ग अन्तर्गत पर्ने दाङ र सुर्खेतमा पेट्रोलको मूल्य लिटरकाे १ सय ७१ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य लिटरकाे १ सय ५१ रुपैयाँ पुगेको छ । त्यस्तै,पहिलो वर्गअन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य लिटरकाे १ सय ६९ रुपैयाँ ५० पैसा र डिजेलरमट्टीतेलको मूल्य लिटरकाे १ सय ४९ रुपैयाँ ५० पैसा कायम भएको निगमले जनाएकाे हाे ।

अमेरिका–इजरायल–इरान तनावबीच देखिएको अन्तर्राष्ट्रिय परिस्थितिका कारण मूल्य बढाउनु परेको निगमकाे दावी छ। भारतले पेट्रोलमा ३१ रुपैयाँ, डिजेल र मट्टीतेलमा ५४ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा २ सय १६ रुपैयाँले बढाएर नयाँ मूल्प उठाए पनि निकै कम दरले इन्धनको मूल्य बढाएको निगमले जनाएको हाे ।

पश्चिम एशियामा भएकाे जारी युद्धका कारणा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य आकाशिएको छ । त्यसकाे प्रभाव नेपालसम्म परेको हो । भारतबाट मूल्य बढेर आए पनि निगमले भने उपभोक्तामा असर पर्ने भन्दै मूल्य स्थिरीकरण कोष र विगतको नाफाबाट बेहोर्ने गरी पेट्रोलियम पदार्थको मूल्य भारी मात्राले नबढाएको जनाएको हाे।