Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


राष्ट्रिय लिग फुटबलमा जनजागृति र सातदोबाटोबीचकाे खेल बराबरीमा


65
Shares

काठमाडाैं । राष्ट्रिय लिग फुटबलमा जनजागृति क्बल र सातदोबाटो युथ क्लबले बराबरी खेलेका छन् ।

सातदेबाटोमा रहेको एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा जनजागृति र सातदोबाटोले १–१ गोलको बराबरी खेलेका हुन् ।जनजागृतिले आफ्नो दशौं खेलमा आएर अंक बनाएको छ । समान खेलमा ८ अंकसहित सातदोबाटो पुछराबाट चौथो स्थानमा छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा भइरहेको राष्ट्रिय लिगमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरि १७ वटा टोली सहभागी भएका छन् ।

प्रतियोगिताका खेलहरू दशरथ रङ्गशाला, च्यासल र एन्फा कम्प्लेक्स सातदोबाटोमा भइरहेका हुन्।