११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


श्रीमानले कुटोले हानेर घाइते भएकी महिलाको मृत्यु


0
Shares

नेपालगञ्ज, असोज १० । बाँकेको जानकी गाउँपालिका–६ मा गएराति श्रीमानले कुटोले हानेर घाइते भएका महिलाको आज बिहान मृत्यु भएको छ ।

स्थानीय ३० वर्षीया जानकी गिरीको उपचारकै क्रममा मृत्यु भएको हो । मापसे गरेका उनका ३५ वर्षीय श्रीमान प्रेम गिरीले घरायसी विवादमा गए राति जानकीलाई कुटोले हानेर घाइते बनाएका थिए ।

जानकीलाई उपचारका लागि नर्सिङ होम नेपालगंजमा लगिएको थियो । उपचारकै क्रममा बिहान साढे ५ बजे उनको मृत्यु भएको बताइएको छ ।

घटनामा संलग्न प्रेम फरार रहेकाले खोजी भइरहेको प्रहरी चौकी गनापुरले जनाएको छ ।