
काठमाडौं ।
अमेरिकाले रूसी तेलमाथिको प्रतिबन्ध अस्थायी रुपमा खुकुलो पारेको छ ।
इरानसँग युद्धका कारण विश्व बजारमा तेलको मूल्यमा अस्वाभाविक बृद्धि भएसगै अमेरिकाले अन्तर्राष्ट्रिय जलमार्गमार्फत ढुवानी भइरहेको रूसी तेलमाथिको प्रतिबन्ध अस्थायी रूपमा हटाएको हो ।
यसअघि अमेरिकाले रूसबाट तेल किन्ने देशलाई उच्च भन्सार कर लगाउँदै आएकोमा केही समयका लागि यो निर्णय हटाएको घोषणा गरेको छ ।
इरानमाथि अमेरिका र इसरायलले संयुक्त रूपमा निरन्तर आक्रमण गर्दा इरानले मध्य पूर्वमा रहेको अमेरिकी सैन्य अखडा र अन्तर्राष्ट्रिय जलमार्ग ’स्ट्रेट अफ हर्मुज’ मा तेल बोकेका ट्यांकरहरू लक्षित जबाफी आक्रमण जारी राखेको छ । यसले विश्व बजारमै तेलको आपूर्ति घटेर लगातार मूल्य बढिरहेको छ ।
मूल्यवृद्धि नियन्त्रणका लागि समुद्रमै रहेका तेलमाथिको प्रतिबन्ध मात्रै हटाइएको अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले जानकारी दिदै यो छुट अस्थायी मात्रै रहेको र अप्रिल ११ सम्म मात्रै लागु हुने उल्लेख गर्नुभएको छ ।
यसबाट विश्व बजारमा करोडौं ब्यारेल कच्चा तेल थपिने र इरान युद्धपश्चात प्रतिब्यारेल सय डलरसम्म पुगेको कच्चा तेलको मूल्य घटाउन सहयोग पुग्ने उहाँको भनाई छ । यो प्रतिबन्ध हटाइएपछि अन्तर्राष्ट्रिय जलमार्गमा रहेका तेल ट्यांकरहरू रूसले विश्वका विभिन्न देशमा पठाउन सक्ने छ ।








प्रतिक्रिया दिनुहोस्