Logo ३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026


भैरहवामा पनि ग्यासकाे अभाव हुँदा उपभोक्ता मारमा


169
Shares

काठमाडाैं ।
रुपन्देहीमा भैरहवा क्षेत्रका बजारमा एलपी ग्यास अभाव देखिएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन्।

आयात नियमित रहेको भनिए पनि बजारमा भने उपभोक्ताले सहज रूपमा ग्यास पाउन सकेका छैनन्। एक सिलिण्डर ग्यासका लागि दिनभरि पसल–पसल धाउनुपर्ने अवस्था रहेको स्थानीय उपभोक्ताको गुनासो छ।

ग्यास विक्रेताले कम्पनीबाट मागअनुसार आपूर्ति नहुँदा समस्या भएको बताएका छन्। यता भैरहवा भन्सार कार्यालयले भने निर्वाचनका कारण केही दिन समस्या भए पनि अहिले ग्यास आयात सामान्य रहेको जनाएको छ।

स्थानीयका अनुसार उपभोक्ताले सम्भावित अभावको आशंकामा आवश्यकभन्दा बढी ग्यास भण्डारण गर्न थालेपछि बजारमा अभाव देखिएको हो। सीमावर्ती क्षेत्रमा ग्यास सिलिण्डर भारततर्फ अवैध रूपमा लैजाने प्रयास बढेपछि प्रहरीले निगरानी कडा पारेको जनाएको छ।