काठमाडाैं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को १२ औं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुने दावी गरिएको छ ।
काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गरी एनआरएनएका अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठ लगायतले यहि फागुन ३० गतेदेखि शुरु हुने सोही महाधिवेशनको नेतृत्व सर्वसम्मत रुपमा चयन गर्ने दावी गरेका हुन्। अध्यक्ष केसीले अध्यक्ष लगायतका पदमा सर्वसम्मत हुने र केही पदमा सर्वसम्मति नभए मात्रै निर्वाचनमा जाने गरी आफूहरुले सहमतीको प्रयास जारी राखेको समेत बताउनुभयो ।
सहमतिबाट नेतृत्व चयनका लागि अध्यक्षका प्रत्यासी रोविन शेरचनले उम्मेदवारी फिर्ता लिनुभएको छ । अध्यक्ष केसीले अध्यक्षको तीन जना प्रत्यासीहरुमध्ये २ वटा प्रत्यासीको बीचमा सहमती भइसकेको जानकारी दिनुभयो । उहाँले एनआरएनएहरुबीचको एकतालाई बलियो बनाउन पनि आफूहरुले महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने कामलाई प्राथमिकताका साथ अघि बढाएको समेत बताउनुभएकाे छ ।
शनिबारदेखि काठमाडौंमा शुरु हुने महाधिवेशनको उद्घाटन प्रधानमन्त्री सुशीला कार्कीले गर्नुहुने भएकाे हाे ।








प्रतिक्रिया दिनुहोस्