Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


एशियन गेम्स प्रचारका लागि भाेलि फन रनकाे आयाेजना हुने


221
Shares

काठमाडाैं । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एशियन गेम्सको प्रचारप्रसार गर्ने उद्देश्यले शनिबार एसियाड फन रन आयोजना गर्ने भएको छ ।

ओलम्पिक काउन्सिल अफ एशिया (ओसिए) को कार्यक्रमअन्तर्गत आयोजना हुन लागेको उक्त फन रन आगामी २० औं एशियाली खेलकुदको प्रचारका लागि गर्न लागिएको हो । खेलकुदप्रति जनचेतना अभिवृद्धि र एकताको सन्देश दिने उद्देश्यले यसपल्ट पनि फन रन ललितपुरमा आयोजना हुने भएकाे छ। आगामी २० औं एशियन गेम्स सन् २०२६ सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म जापानको नागोया र आइचीमा आयोजना हुने भएकाे हाे ।

शनिबार बिहान साढे ७ बजेदेखि शुरु हुने फन रन तीन किलोमिटर दूरीको हुने भएकाे छ । दौड पाटन दरबार स्क्वायर बाट शुरु भई विभिन्न स्थान हुँदै पुनः सोही स्थानमा पुगेर समाप्त हुने जनाइएको छ । कार्यक्रममा खेलाडी, प्रशिक्षक, ओलम्पियन, खेल संघका पदाधिकारी, कुटनीतिक क्षेत्रका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, विद्यार्थी तथा सर्वसाधारण गरी एक हजार भन्दा बढीको सहभागिता रहने अपेक्षा गरिएको छ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले एशियाली खेलकुदको भावना, एकता र सहकार्यको सन्देश फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिएका छन् । एसियन फन रन विश्वभर आयोजना हुँदै आएको कार्यक्रम हो । जसले एसियाली खेलकुदको प्रचारप्रसारका साथै खेलकुदप्रति सकारात्मक सन्देश फैलाउने विश्वास आयोजकले लिएको छ ।