Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


राहदानी वितरण प्रणाली एक हप्ता बन्द हुनसक्ने

५ महिनासम्म राहदानी आवश्यक पर्ने सेवाग्राहीले तत्काल सेवा लिन आग्रह

0
Shares

काठमाडाैं । राहदानी विभागले राहदानी वितरण प्रणाली एक हप्ता बन्द हुन सक्ने जनाएको छ ।

विभागले पुरानो प्रणाली विस्थापित गरी नयाँ प्रणाली जडानका क्रममा एक हप्तासम्म सेवा अवरुद्ध हुनसक्ने बताएको हो । विभागले एक सूचना जारी गर्दै जिल्ला एवं इलाका प्रशासन तथा विदेशमा रहेका नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन दिनसम्म बन्द हुनसक्ने जनाएको छ । साेही समयमा जिल्ला, इलाका प्रशासन कार्यालय तथा विदेशमा नेपाली नियोगबाट आवेदन दिँदा राहदानी तयार भई जारी हुन अहिलेको भन्दा बढी समय लाग्न सक्ने देखिएको छ।

आगामी ५ महिनासम्म राहदानी आवश्यक पर्ने सेवाग्राहीले अन्तरिम अवस्था शुरु हुनुअघि नै सम्बन्धित निकायबाट सेवा लिन आग्रह समेत गरिएको छ । विभागले नयाँ प्रणालीबारेको सूचना पछि सार्वजनिक गर्ने जनाएको हाे ।